प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- चिन्ता नगर्नुहोस्, हामी छौं

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा सरकारले गिरफ्तार गरेर प्रहरी परिसर भद्रकालीमा राखेका राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तथा अधिवक्ता स्वागत नेपाललाई भेट गरेका छन् ।

भेटका क्रममा थापाले तीनै जनालाई स्वास्थ्यको ख्याल गर्न र चिन्ता नगर्न आग्रह गर्दै आफूहरुको रहेको बताए ।

तीनै जनाले आफूहरुलाई भेट गर्न आएकोमा थापालाई आभार प्रकट गरेको थापासँगै गएका राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

Comments

One response to “प्रहरी परिसर पुगेका कमल थापाले मिश्र, राणा र नेपाललाई भेटेर भने- चिन्ता नगर्नुहोस्, हामी छौं”

  1. ksp pyl Avatar
    ksp pyl

    नैतिकता नभएको लफङ्गो भएपछि के लाग्छ । अध्यक्षबाट ज्ञानेले हराईदिएको भनेर राजा चाहिदैन भन्ने यहि मौकापरस्त अवसरवादी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *