काठमाडौं । तीनकुनेको घरमा आगजनीपूर्व एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजक कोठाभित्रै थुनिएको खुलासा भएको छ ।
आन्दोलनकारीले तोडफोड र लुटपाट गर्दा रजकले काेठाभित्रबाट भिडिओ खिचिरहेका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा कोठाभित्रको त्राशदीपूर्ण दृष्य कैद भएको छ । क्यामरापर्सन रजक कोठाभित्र मोबाइल चलाइरहेका हुन्छन् भने बाहिरपट्टि चेन गेटमा ठुलो ताल्चा झुण्डिएको छ । गेट बाहिरबाट भिडियो खिचिएको हो ।
आफू थुनिएपछि रजकले मोबाइलबाट कसैलाई सम्पर्क गर्न खोजिरहेको जस्तो देखिन्छ । उनले यही कोठाको बाटोपट्टि भित्तामा फुटेको सिसाबाट बाहिर आन्दोलनको दृष्य खिचेका थिए ।
कोठाभित्र रजक थुनिएकै अवस्थामा दुई आन्दोलनकारी युवती भर्याङबाट ओर्लिएका छन् । उनीहरूमध्ये एकजनाको अनुहार देखिएको छ भने अर्कीले स्कार्फले अनुहार ढाकेकी छन् । उनीहरू ओर्लिदै गर्दा तल्लो कोठामा ह्वारह्वारी आगो बलिरहेको थियो ।
क्यामरापर्सन थुनिएको प्रहरीलाई जानकारी गराएको तर प्रहरीले उद्दार नगरेको आरोप एभिन्युज टिभिका सञ्चालक भाष्करराज राजकर्णिकारले लगाएका छन् ।
(केही तथ्यहरु फरक पर्न गएकाले संशाेधन गरिएकाे छ ।)

Leave a Reply