काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल उठाउन विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ हिजोसम्म पनि प्रयासरत थिए ।
मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउनुअघि उनले विद्युत नियमन आयोगलाई बक्यौता उठाउने अनुमतिका लागि हिजै पत्र पठाएको खुलेको छ ।
यसअघि प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्दा आयोगले त्यसमा रोक लगाएको थियो ।
उर्जा मन्त्रालयले टिओडी मिटरको अध्ययन गर्न प्रशासनिक तथा प्राविधिक समिति बनाएको हुँदा त्यही समितिले विवाद निक्र्यौल गर्ने हुँदा अहिले लाइन नकाटि अन्य उपायहरु अपनाउन आयोगले निर्देशक दिएपछि प्राधिकरण पछि हट्न वाध्य भयो ।
तर, यो विषयमा परेको रिटमा सर्वोच्च अदालतले प्राधिकरणको पक्षमा आदेश दिएको छ । उर्जामन्त्री खड्काले बनाएको समितिलाई सर्वोच्चले काम गर्न रोक लगाएपछि प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुल्यो ।
त्यसैबमोजिम कुलमानले अनुमतिका लागि आयोगमा पत्र पठाएका हुन् । तर, कुलमानको पत्र पुगिनसक्दै उनी पदबाट अपदस्थ भइसकेका थिए ।



Leave a Reply