तीन मन्त्रीमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई भीम रावलले सोधे- यस्ता काम सुशासन र देश हितकै लागि हो ?

काठमाडौं । एमालेबाट निकालिएपछि राष्ट्रिय मातृभूमि अभियान चलाइरहेको डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोख्न छाडेका छैनन्।

ओलीले नै आफूलाई पार्टीबाट निकालेको भन्दै चर्को आक्रोश पोख्दै आएका रावलले ओली सरकारको काम देश हितमा नभएको आरोप लगाए।

उनले ओली नेतृत्व सरकारका उनले उद्योग मन्त्री दामोदर भण्डारी, ऊर्जामन्त्री दीपक खड्का र परराष्ट्र मन्त्री आरजु देउवा राणामाथि प्रश्न उठाउँदै यस्ता काम के सुशासन र देश हितकै लागि हुन् ? भन्दै प्रश्न गरेका छन्।

– नाफाखोरी र कालोबजारी नियन्त्रण गर्ने एउटा कानुनी प्रावधानलाई अध्यादेशबाट हटाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मार्फत सिमेन्ट र डन्डीमा कृत्रिम रूपमा चर्को मूल्य वृद्धि गराएर अनुचित लाभ उठाएको भन्ने जनआवाजबारे प्रमको मौनता । यसो गर्दा देशको विकास–निर्माण कार्य एवं जनजीवनमा के असर पर्छ भन्ने तर्फ चासो विहीन । त्यस्तै स्वदेशी सुपारी उत्पादकलाई निर्यातमा सहुलियत दिनुको साँटो सुपारी आयात खुला गरिएको तथा ग्यास उद्योगीको कमिसन घटाउने उच्चस्तरीय समितिको सुझाव विपरीत व्यापारीको स्वार्थमा प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसा वृद्धि ।

– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लैनचौर स्थिति स्काउटको जग्गा सत्ता र शक्तिको आडमा कौडीको भाउमा भाडामा लिनुका साथै थप नौ रोपनी जग्गा कब्जा गरेको तथा पाँच करोड बढी रुपैयाँ भाडा नतिरेको र मिनाहा गराउने तर्फ लागेको भन्ने समाचार प्रकाशित । प्रधानमन्त्री मौन ।

– नयाँ दिल्लीमा राइसिना डाइलग कार्यक्रममा एक दिन भाग लिन गए हुनेमा परराष्ट्र मन्त्री आरजु देउवा राणाद्वारा भारतमा झन्डै दुई हप्ता बिताइएको । यस अवधिमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने प्रयास गरिएको तर भेट हुननसकेको तथा मन्त्री राणाले नेपालमा उत्पन्न राजनीतिक स्थितिबारे भारतीय परराष्ट्र मन्त्रीसँग भारतको धारणा बुझेको भन्ने समाचार आयो । स्वाधीन देशको कूटनीतिक मर्यादा र असक्षमताको नमुना १

– गठबन्धन सरकारका नेताहरूले नेपाल एक रुपैयाँ पनि ऋण लिनसक्ने स्थितिमा नरहेको भनी सार्वजनिक रूपमा ठुलो स्वरमा घोषण गरेको विपरीत विपरीत गत आठ महिनामा । ३ खर्ब ३४ अर्ब ऋण लिइएको छ र त्यस मध्ये वाह्य ऋण एक तिहाइ छ । आफ्नै घोषणा विपरीत ऋण किन लिएकोरु कि पाखण्ड मात्र हो?

Comments

One response to “तीन मन्त्रीमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई भीम रावलले सोधे- यस्ता काम सुशासन र देश हितकै लागि हो ?”

  1. ksp pyl Avatar
    ksp pyl

    यो कसैले उचालेको भरमा ओलिविरूद्व लागेको अराजकले उठाएका प्रश्नको जवाफ म एक साधारण नागरिकले नै दिन सक्छु । यो त पटक पटक मन्त्री भएको मनुवा हो । मन्त्री हुनु अघि घट्टेकुलोमा सानो घर भएको मनुवा मन्त्रीबाट हटेपछि ललितपुरमा रोपनी जग्गामा महल ठड्याएर मोज लुटिरहेको अराजकलाई दिईएको उत्तर:
    १) सिमेण्ट र डण्डीको भाउ बढाएकोमा मौन भन्नेले सागको मूठोको भाउ २० देखि ५० सम्म पुगेको देखेको छैन ? बिक्री नभएको समयमा लागत मात्र उठे पनि बेचेर टिक्न खोजिन्छ ।माग बढेपछि नाफा खाने हो । १० वर्ष अघि र अहिले सिमेण्ट र डण्डीको भाउ एउटै छ । अझ भन्दै छ भाउ बढेको र ओलि मौन बसेको ।
    २) लैनचौरको जग्गा छोडिसकेको र बाँकी पैसा तिराउन लागेको ।
    ३) मान्छे व्यक्तिगत भ्रमणमा गएको हो कि थाहै नपाई बोल्ने?
    ४) देश ऋण नलिई चल्छ ? तँ सक्छस् चलाउन ? तँ मन्त्री भएको बेलामा कति ऋण लियो देशले? यो मन्त्री भएको भए देश कसरी चल्छ पनि थाहा छैन ? अनपढ जनतालाई ठग्न यस्ता कुरा गर्लास् तर पढेलेखेकालाई सक्दैनस् ।
    र, अन्त्यमा ओलिलाई गाली गर्ने सबै या त दिल्लीका भाडाका टट्टु हुन् या भ्रष्ट्राचारी, लुटेरा, तस्कर हुन् । आफू कताको छान्ने काम आफ्नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *