महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीको अध्यक्षमा पाण्डे निर्वाचित

सिन्धुली । महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीको अध्यक्षमा पत्रकार तथा मानव अधिकारकर्मी बिमला पाण्डे निर्वाचित भएकी छिन् । शनिबार सिन्धुलीमाढीमा सम्पन्न सञ्जालको पाँचौ जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

जिल्लामा लामो समयदेखि पत्रकारीता र मानवअधिकारको क्षेत्रमा क्रियाशिल रहेकी पाण्डे महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीको संस्थापक सदस्य पनि हुन् ।

उनले यस अघि मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकको जिल्ला प्रतिनिधि भई आठ वर्ष काम समेत गरि सकेकी छिन् । उनी विगत २२ वर्षदेखि पत्रकारीता गर्दै आएकी छिन । उनले महिलाका सवालमा निरन्तर कलम समेत चलाउँदै आएकी छिन् ।

सम्मेलनले पाण्डेको अध्यक्षतामा ११ सदस्य र तीन संस्थागत सदस्य गरी १४ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । सम्मेलनबाट सञ्जालको उपाध्यक्षमा बविता थापा, महासचिवमा मनिषा पोखरेल, सहसचिवमा सरिता राई र कोषाध्यक्षमा करुणा थापा निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा निर्मला रम्तेल, कुमारी बुद्धिमाया स्याङतान, विष्णु पाण्डे, सम्झना रोक्का, तोतादेवी लामिछाने, देवी देवकोटा निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *