पिपल्स क्याम्पसमा निर्वाचन हुन नदिन अनेक षडयन्त्र गरिरहेकाे अनेरास्ववियुको आरोप

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पिपल्स क्याम्पसमा निर्वाचन हुन नदिन अनेक षडयन्त्र भइरहेको बताएको छ ।

अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गरी पिपल्स क्याम्पसमा स्ववियु निर्वाचन हुन नदिन केही विद्यार्थी संगठनहरुले अराजक समुहहरु परिचालन गरेर निरन्तर रुपमा गरिरहेको तालाबन्दी, स्ववियु कार्यालय तोडफोड, संगठनबाट निर्वाचित स्ववियुका पदाधिकारीहरुमाथि आक्रमण गर्नुको साथै गुण्डागर्दी गरेको भन्दै भर्सना गरेको छ।

स्ववियु निर्वाचन सहजीकरण गर्न क्याम्पस जाँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा स्वयंसेवक तथा खेलकुद बिभाग प्रमुख अमित महर लगायतका नेताहरु घाइते भएका थिए ।

क्याम्पस भन्दा बाहिरका अराजक झुण्डहरु ल्याएर क्याम्पसमा क्याम्प गरेर बस्ने र तिनलाई संरक्षण गर्ने कुरा अस्वीकार्य भएको अध्यक्ष समिक बडालले बताएका छन् । अपराधीहरुको पहिचान गरेर कारबाही अगाडि बढाउन माग गरेका छन् । यस्ता गतिविधीहरु कायम राखे अनेरास्ववियु कडा रुपमा प्रतिवादमा उत्रिने चेतावनी समेत दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *