पिपल्स क्याम्पसमा तोडफोडमा उत्रिनेलाई कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पिपल्स क्याम्पसमा स्ववियु निर्वाचन हुन नदिन केही विद्यार्थी संगठनहरुले अराजक समूह परिचालन गरेर निरन्तर रुपमा गरिरहेको तालाबन्दी, स्ववियु कार्यालय तोडफोड, संगठनबाट निर्वाचित स्ववियुका पदाधिकारीहरुमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएको छ ।

अध्यक्ष समीक बडालले विज्ञप्ति जारी गर्दै क्याम्पसमा गुण्डागर्दी भएको भन्दै भत्र्सना गरेका हुन् ।

स्ववियु निर्वाचन सहजीकरण गर्न क्याम्पस जादा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा स्वयंसेवक तथा खेलकुद बिभाग प्रमुख अमित महरलगायत घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस भन्दा बाहिरका अराजक झुण्डहरु ल्याएर क्याम्पसमा क्याम्प गरेर बस्ने र तिनलाइ संरक्षण गर्ने कुरा अस्वीकार्य छ । अविलम्ब ती अपराधीहरुको पहिचान गरेर कारबाही अगाडि बढाउन जोडदार माग गर्दछौ । यस्ता गतिविधीहरु कायम राखे अनेरास्ववियु कडा रुपमा प्रतिवादमा उत्रिने चेतावनी यसै विज्ञप्ति मार्फत दिन चाहन्छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *