‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक

काठमाडौं। नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ आगामी चैत १६ देखि वैशाख १३ सम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ ।

बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे सम्झौता गरिएको हो । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरे । यस प्रायोजनमार्फत माईसेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ।

सहकार्यबारे जानकारी दिँदै माईसेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले आगामी नेपाल सुपर लिगमा धनगढी एफसीसँग सहकार्यले, नेपालको शिक्षा सँगसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘माई सेकेन्ड टिचर नपालले प्रविधिको माध्यमबाट नेपालले शिक्षाको रूपान्तरणमा कार्य गर्दै आएको छ ।’ भट्टराईले भने,‘यो सहकार्य प्रविधि र नवप्रवर्तनसहितको शिक्षालाई खेलकुदसँग जोड्ने महत्त्वपूर्ण कदम हो ।’

यसैगरी धनगढी एफसीका अध्यक्ष सुवास शाहीले माईसेकेन्ड टिचरसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागार गरेको विचार व्यक्त गरे । यसबाट फुटबलको व्यवसायीकरणमा सहयोग पुग्ने विश्वास शाहीको छ ।

माई सेकेन्ड टिचर नेपाल र धनगढी एफसीबिच आगामी दिनमा ग्रासरुटदेखि राष्ट्रिय स्तरसम्म शिक्षा र खेलकुदको विकासमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

के हाे  माई सेकेन्ड टिचर?

माई सेकेन्ड टिचर नेपालको शिक्षा क्षेत्रमा रूपान्तरण ल्याउने उद्देश्यले काम गरिरहेको अनलाइन शिक्षण तथा सिकाइसम्बन्धी प्लेटफर्म हो ।

माई सेकेन्ड टिचर नेपालमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोड्ने शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तर्क्रियात्मक भिडियो, ई-बुक लगायतका सिकाइ सामग्रीहरू, प्रत्येक विद्यार्थीको सही मूल्याङ्कन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, जुनसुकै समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर जस्ता थुप्रै विशेषताहरू रहेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *