एनएमबी बैंकले सञ्चालनमा ल्यायाे हरित बचत खाता

काठमाडौं । एनएमबी बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको विश्वास छ ।

बैंकका अनुसार यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ । सो खाताबाट ग्राहकहरुले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनुमात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।

एनएमबी बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तनविरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न सकिनेछ । बैंकले एनएमबी पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *