स्ववियू निर्वाचनले माओवादीलाई आगामी चुनावमा एक्लै लड भन्ने सन्देश दियो : हिमाल शर्मा

काठमाडौं । अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले स्ववियू निर्वाचनले माओवादीलाई आगामी निर्वाचनमा एक्लै लड भन्ने सन्देश दिएको बताएका छन्।

माओवादीले बढाएको सुशासन र भ्रष्टाचार विरुद्धको कदम, सामाजिक न्याय र समृद्धिको नारालाई क्रान्तिकारीमा मत जाहेर गरेर विद्यार्थीले ऐक्यबद्धता जनाएको बताए।

उनले भने, ‘उपविजेता भएको स्थान पनि कडा रूपमा निकटतम प्रतिद्वन्द्वी भएको छ। १० मत भन्दा कमीले हार्नु परेका कलेजहरू पनि धेरै छन्। स्ववियूमा २८ वर्ष र संगठनमा ३२ वर्षे उमेर हद लगाउने क्रान्तिकारीलाई विद्यार्थीले यसपालि रुचाएका छन्।’

अधिकांश सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनहरू मिलेको भए पनि विद्यार्थीले क्रान्तिकारी नै रोजेको जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *