कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

यही १० गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक तय गरिएको कावा मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।

मंगलबार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

कार्यसम्पादनमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *