राजावादीको सक्रियता बढेपछि रोकिएको माओवादीको अभियान ७ गतेबाट सुरू हुने

काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाउने लागिएको हो।

रोकिएको अभियान ७ गते बाराबाट सुरु हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए। उनका अनुसार ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवनमा अभियान सकेर नेताहरू काठमाडौं फर्किनेछन्।

काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको तर्फबाट काठमाडौंमा चैत १५ गते विरोध सभा गर्दैछ।

अभियानका लागि भोलि अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरू बारा जाँदैछन्। अभियानमा उपमहासचिवसम्म पार्टीका नेताहरूलाई अनिवार्य सहभागी हुँदैछन्।

माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरू गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *