देउवा भन्छन्- हामी संघीयतामा गइसकेका छौं, मन परे पनि नपरे पनि के गर्ने ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता अझै पनि कतिपयले स्वीकार नगरेको बताएका छन् । संघीयता कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतालाई प्रभावकारी ढंगले कार्यान्वयन गराउन केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘हामी संघीयतामा गइसकेका छौं । मन परे पनि नपरे पनि के गर्ने ? अब यसलाई प्रभावकारी बनाउन आवश्यक छ । संघीयता अझै कति मान्छेले स्वीकार गरेका छैनन् । कतिले मन नपरी नपरी पनि स्वीकारेका छन् । अब यसको विकल्प छैन । त्यसैले जनताप्रति उत्तरदायी भएर अगाडि बढाउन आवश्यक छ ।’

उनले अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन सहज नभएकाले कसै न कसैसँग मिल्नुर्ने बताए ।

सभापति देउवाले पार्टीको १०० दिने अभियानले नेता कार्यकर्तामा उत्साह आएको भन्दै आगामी निर्वाचनमा एकल बहुमत ल्याउने प्रयासमा लाग्न निर्देशन दिए ।

Comments

One response to “देउवा भन्छन्- हामी संघीयतामा गइसकेका छौं, मन परे पनि नपरे पनि के गर्ने ? (भिडिओ)”

  1. Manaia Thompson Avatar
    Manaia Thompson

    यस्ता हरामिलाई बोकेर हिड़ने काग्रेसी देखता तिनीहरुको मनस्थितिको ज्ञान था हुन्छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *