काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा डीआईजी बढुवाका निम्ति एमपीएस कोर्ष अनिवार्यको व्यवस्था तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको छ ।
सेना र सशस्त्रमा स्टाफ कलेज भने जस्तो प्रहरीमा मास्टर्स इन पुलिस साइन्स (एमपीएस) उत्तीर्ण भएकाले मात्र एसएसपीभन्दा माथिल्लो दर्जामा बढुवा पाउने व्यवस्था माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।
न्यायाधीश कुमार चुँडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले आंशिक अन्तरिम आदेश दिएकोमा निर्धारित परीक्षा भने नरोकिने तर्क गरिएको छ । सर्बोच्च अदालत प्रशासनले आदेशको प्रति नआएकाले परीक्षा रोकिने वा नरोकिने भन्न नसकिने बताएको छ ।

Leave a Reply