काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनमा १७ वर्षपछि हुन लागेको स्ववियू चुनावको परिणाम नेविसंघको पक्षमा पार्न कांग्रेसनिकट तरुण दलका आधा दर्जन नेता पुगेका छन् ।
नेविसंघका उम्मेदवार रविन ओलीको प्यानललाई जिताउन प्रचारस्वरूप तरुणका केन्द्रीय सदस्य पुगेका हुन् । यहाँ नेविसंघले उदयपुरकी ज्ञानु दाहाललाई सचिव उठाएको छ ।
एनसीसीमा केन्द्रीय सदस्य गोपाल चौलागाईँ, मनोज कटवाल, राजीव लामिछाने, दिपेन्द्र पोखरेललगायतका नेता खटिएका छन् ।
यसपटकको चुनावमा नेविसंघले इतिहास रच्ने एनसीसी पूर्वइकाई सदस्यसमेत रहेका तरुण दलका केन्द्रीय सदस्य दिपेन्द्र पोखरेलले दाबी गरे ।
इतिहासदेखि एमालेनिकट अनेरास्ववियुले जित्दै आएको नेपाल कमर्स क्याम्पसमा यसपटक पनि विरासत कायम राख्न अघि सरेका छन् विशाल रोकाहा । विशाल बीबीएसका टपरसमेत हुन् ।

Leave a Reply