रुपन्देही । २००० सालको तेस्रो शतकमा चार वर्ष थप्दा २०२१ देखि २०३४ सालसम्मको समय बुटवलको लागि ऐतिहासिक रूपमा महत्वपूर्ण कालखण्ड बन्यो । यस कालखण्डमा बुटवलले आफ्नो व्यापारिक केन्द्रको भूमिकालाई समृद्ध गर्दै शिक्षा, संस्कृति, र राजनीतिक क्षेत्रमा ठूलो छलाङ मार्यो ।
ब्रिटिश साम्राज्यसित लडेर विजयको इतिहास बनाएको बुटवलले यस कालखण्डमा आफ्नो सामाजिक, आर्थिक, र सांस्कृतिक विकासमा ठूलो प्रगति गर्यो । यही इतिहासमा जोडिएका पात्र हुन् बुद्धि बहादुर थकाली । उनको विषयमा मोदनाथ प्रश्रितदेखि देवेन्द्र घिमिरे, नेत्र पन्थी, मदनलाल पौडेल,अर्जुन ज्ञवालीलगायतका धेरै राजनीतिज्ञहरुले लेखेपनि नयाँ पुस्ताले त्यो इतिहास कतै पढ्न पाएको छैन ।

को हुन् बुद्धि बहादुर थकाली ?
उनको विषयमा अध्ययन गरेका अग्रज पत्रकार अर्जुन ज्ञवालीका अनुसार बुद्धि बहादुर थकालीको जन्म १९७९ साल भदौ २५ मा मुस्ताङ्ग जिल्लाको टुकुचेमा भएको हो । उनी सानै छँदा बुवा गोरे बितेपछि आमा सुनमायाले ६ वर्षको बुद्धि बहादुरलाई बोकेर सहारा खोज्दै कहिले स्याङ्जा, कहिले कुस्मा हुँदै नुवाकोटसम्म पुगेकी थिइन् ।
पछि एक सहयोगीको सहयोगमा नुवाकोटमा सानो पसल गरेर उनलाई जेनतेन साक्षरसम्म गराइन् । त्यतिखेर विश्वमा युद्धका खबरले नेपाली युवाहरुलाई पनि आकर्षित गरेको थियो । यसमा बुद्धिबहादुर पनि आकर्षित हुन पुगे । अनि गाउँका अगुवा साथीहरुसँग ब्रिटिश छाउनीमा युद्ध लड्नका लागि भर्ना हुन पुगेका थिए ।
दोस्रो विश्व युद्धमा १९९७ सालदेखि २००४ सालसम्म बुद्धिले युद्धको बन्दूक चलाए । तर, बन्दूक खेलाउँदै गर्दा युद्धले गरेको नरसंहार र रगतले उनको फौजी जीवनमा नफरत आयो । अनि त एकाएक बन्दूक फालेर स्वदेश फर्के । फौजी जीवनकै बीचमा उनको विवाह भएको थियो र एउटा छोरा पनि जन्मेको हो तर असमयमै आमा, छोरा र बज्यै बितेका थिए ।
स्वदेश फर्केपछि बुद्धि बहादुर थकालीको कर्मभूूमि बुटवल बनेको हो । यहाँ जीवन निर्वाहका लागि सामान्य कृषि र व्यापार थालेका थिए । युद्धको विभत्स नरसंहार र रगतको बाढी देखेपछि विक्षिप्त भएर बन्दूक बिसाएका बुद्धि बहादुरमा दानवताविरुद्ध मानवताको भाव उत्पन्न भएको त्यसको प्रेरणाबाट सामाजिक सेवामा बढी अग्रसर हुन थालेको उनका विषयमा जानकारहरु बताउँछन् ।
उनले छरछिमेकमा झैझगडा, मुद्दा मामिलामा मेलमिलाप गराउने, बाटाघाटा, धारापानी, मन्दिर, पाटी, पौवा, स्कूल बनाउने काममा अग्रसरता देखाए । जोगीकुटी बगैंचामा स्थापित विश्वशान्ति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कालिकानगरको बाङ्गे कुसुमको उपयुक्त ठाउँमा स्थानान्तरण गरी समृद्ध कालिका विद्यालय बनाउनेमा बुद्धि बहादुर थकाली लगायत जीत बहादुर गुरुङदेखि मानबहादुर गलामीसम्मका शिक्षाप्रेमीहरुको पहल गरेका थिए अहिले यही विद्यालय राष्ट्रकै उत्कृष्टमा दर्ज भएको छ ।
बुटवलको कान्ति माध्यमिक विद्यालय जसको नाम एउटा उत्कृष्ट विद्यालयको रुपमा आउँछ, त्यसको पूर्व रुप गणेश जनता निम्न माध्यमिक विद्यालय हो । त्यसको संचालन, व्यवस्थापन र समृद्धिमा बुद्धि बहादुर थकालीको ठूलो योगदान छ । विद्यालयको जग्गा व्यवस्थापन, भवन निर्माण र कक्षामा राम्रो पठनपाठन बनाउनमा पनि यिनी निकै खटेका थिए ।
बुटवलको कृषि क्षेत्रमा कुलो पानी, बजारमा खेलकुद मैदान, मठमन्दिर क्षेत्र, नदी तटबन्ध, बस्ती बसाउने उपयुक्त ठाउँ रोज्ने जस्ता कुरामा अग्रसर देखिए । धेरैजसो विद्यालय, संघसंस्था, मठमन्दिरको अभिलेखमा यिनको नाम संचालकमा छ ।
दोस्रो विश्व युद्धको मैदानमा नरसंहारको दृश्य देखेर जब यिनले बन्दूक फालेका उनी यहाँ आएर नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भए । बुद्धि बहादुर थकाली २०२२ सालमा बुटवल नगर पंचायतको उपप्रधान पंच चुनिए । उपप्रधान पंच चुनिएपछि यिनले बुटवललाई आफूले प्लान गरे जस्तो बुटवल बनाउन भरमग्दूर प्रयास गरेको कतिपय कुरामा सफल पनि भएको र जनपक्षीय काम गरेर उपप्रधान पंच भएका उनले जनपक्षीय कामै गरेर आफ्नो कार्यकाल पूरा गरेको उनीबारे जानकारहरुको विश्लेषण छ ।
२०२२ सालमा बुद्धि बहादुर थकालीको घरमा मोदनाथ प्रश्रितको डेरा बनेको थियो । त्यतिखेर मोदनाथ लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक रहेका थिए । सँगसँगै साप्ताहिकको कार्यालय पनि उनकै घरमा थियो । २०२१ देखि २०३४ सालसम्मको समयमा बुटवलको लागि केही आधारभूत कुरामा फड्को मारेको थियो । ब्रिटिश साम्राज्यसित लडेर विजयको इतिहास बनाएको बुटवलले यस कालखण्डमा आफ्नो व्यापारिक केन्द्रको भूमिकालाई समृद्ध गर्दैं शिक्षा, संस्कृति र राजनीतिक क्षेत्रमा छलाङ मारेको छ ।
साम्राज्यवाद विरुद्धको देशभक्तिपूर्ण राजनीतिक उर्जामा यहाँ छलाङ् मार्न सम्भव भएको थियो । यस समयमा व्यापारमा विविधीकरण आयो । शिक्षामा स्कूलबाट अगाडि बढेर कलेज खुल्यो । यसै बेला लुम्बिनी कलेजको स्थापना भएको हो । युनाइटेड मिसनको पहलमा बुटवल टेक्निकल इन्टिस्च्युटको स्थापना भयो । यसको स्थापनापछि बुटवललाई प्रविधि र प्राविधिक दुवै प्राप्त भए ।
सानातिना उद्योग स्थापना हुन शुरु भयो । उद्योगले बजारलाई उत्पादन दिन थाल्यो । यसले व्यापार विविधीकरणमा मद्दत पुग्यो । बुटवल टेक्निकलको प्रविधिले बुटवलमा मात्रै उद्योगीकरण शुरु गरेन, यसले पश्चिम नेपालमै लघु उद्योगको स्थापनामा ठाउँ बनायो। स्मरणीय छ, यसै बखत बुटवल पावर कम्पनीको स्थापना भएको हो र तिनाउ खोलामा पावर हाउस बनाई सानै स्केलमा भए पनि जलविद्युत उत्पादन र वितरण शुरु भयो ।
यसबाट बुटवलले उज्यालो पनि पायो, उद्योगका लागि ऊर्जा पनि पायो । बुटवलमा वाम राजनीति र वाम संस्कृतिको सन्दर्भमा यस्तो छलाङ कथा लेख्नु पर्दा बुद्धिबहादुर थकाली र रेलिमै सांस्कृतिक संस्था महत्वपूर्ण प्रतिनिधि पात्र हुन सक्छन् ।
साम्राज्यवादविरुद्धको राजनीतिक उर्जा
यस कालखण्डमा बुटवलले साम्राज्यवाद विरुद्धको देशभक्तिपूर्ण राजनीतिक उर्जामा छलाङ मार्न सफल भयो । यहाँका वाम राजनीतिक दलहरु, विशेष गरी कम्युनिष्ट राजनीतिले ठूलो भूमिका खेल्यो । यसले बुटवलको सामाजिक र राजनीतिक परिवेशमा ठूलो परिवर्तन ल्यायो ।
व्यापार र शिक्षामा विविधीकरण
यस कालखण्डमा बुटवलको व्यापारमा विविधीकरण आयो । शिक्षाक्षेत्रमा पनि ठूलो प्रगति भयो । स्कूलबाट अगाडि बढेर कलेज खुल्न थाले । लुम्बिनी कलेजको स्थापना भयो र युनाइटेड मिसनको पहलमा बुटवल टेक्निकल इन्टिस्च्युटको स्थापना भयो ।
यसले बुटवललाई प्रविधि र प्राविधिक ज्ञान दियो र सानातिना उद्योगहरु स्थापना हुन थाले । बुटवल टेक्निकलको प्रविधिले बुटवलमा मात्र नभई पश्चिम नेपालमा पनि लघु उद्योगको स्थापनामा ठूलो योगदान दियो ।
सामाजिक अभियन्ता र सांस्कृतिक योद्धा
बुद्धि बहादुर थकाली बुटवलको सामाजिक र सांस्कृतिक विकासमा अग्रणी व्यक्तित्व हुन् । उनको जीवन यात्रा र उनले गरेका कार्यहरु बुटवलको इतिहासमा महत्वपूर्ण रहेको इतिहासको अध्ययन गरेकाहरुको भनाइ छ ।
बुटवलमा सामाजिक सेवा
युद्धपछि बुद्धि बहादुर थकाली बुटवल आए र यहाँ उनले सामाजिक सेवामा आफ्नो जीवन समर्पित गरे । उनले बाटाघाटा, धारापानी, मन्दिर, पाटी, पौवा, स्कूल बनाउने जस्ता सामाजिक कार्यहरुमा अग्रसर भूमिका खेले । उनले कालिकानगरको बाङ्गे कुसुममा विश्वशान्ति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई स्थानान्तरण गरी समृद्ध कालिका विद्यालय बनाउनेमा ठूलो योगदान दिए । यस विद्यालयले अहिले राष्ट्रिय स्तरमा उत्कृष्ट विद्यालयको रूपमा चिनिन्छ ।
राजनीतिमा सक्रियता
बुद्धि बहादुर थकाली २०२२ सालमा बुटवल नगर पंचायतको उपप्रधान पंच चुनिए । उनले जनपक्षीय काम गरेर आफ्नो कार्यकाल पूरा गरे । उनले बुटवललाई आफूले प्लान गरेजस्तो बुटवल बनाउन भरमग्दूर प्रयास गरे । उनले कपितय कुरामा सफलता पाए र बुटवलको विकासमा ठूलो योगदान दिए ।
सांस्कृतिक योद्धाको रूपमा
बुद्धि बहादुर थकालीले बुटवलमा सांस्कृतिक गतिविधिहरु प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेले । उनले रेलिमै सांस्कृतिक मण्डलको स्थापनामा अग्रणी भूमिका खेले । यस मण्डलले बुटवलमा प्रगतिशील सांस्कृतिक जागरणको भूकम्प उत्पन्न गर्यो । यसले बुटवलको सांस्कृतिक परिवेशमा ठूलो परिवर्तन ल्यायो ।
रेलिमैको सांस्कृतिक अभियान
२०२४ सालमा बुटवलमा रेलिमै सांस्कृतिक मण्डलको स्थापना भयो । यस मण्डलले बुटवलमा प्रगतिशील सांस्कृतिक गतिविधिहरु प्रवर्धन गर्यो । बुद्धि बहादुर थकालीले यस मण्डलको नेतृत्व गरेर बुटवलमा नयाँ सांस्कृतिक उभार ल्याउन महत्वपूर्ण भूमिका खेले । उनले गीत, संगीत, नृत्य, र नाटकहरु मार्फत बुटवलको सांस्कृतिक परिवेशमा ठूलो परिवर्तन ल्याए ।
अभियानमा १८ जना कलाकारको टोली थियो । मोदनाथ प्रश्रितको नेतृत्वमा रहेको टोलीको प्रमुख व्यवस्थापक बुद्धि बहादुर थकाली थिए । कलाकारमा पन्नलाल शाक्य, खेमान सिंह गुरुङ, देवानसिंह गुरुङ, रामप्रसाद प्रदीप, प्रचण्ड बहादुर बुढाथोकी, चन्द्रबहादुर थापा, नयेन्द्र शेरचन, रामबहादुर मानव, गोपाल प्रसाद कालिराज, गौतम प्रसाद कालिराज, शंकर कपाली, सरस्वती पाण्डे, सीता थकाली, मन थापा, विष्णु श्रेष्ठ, लक्ष्मी शाहीसहित गोविन्द आत्रेय थिए ।
रेलिमैको प्रवास सांस्कृतिक जागरण सामान्य अभियान भएन । प्रगतिको खाका बोकेको कलात्मक बहादुरीको कार्यक्रम भयो । यसले देशभरिबाट प्रवासमा गुजाराका लागि बसेका असंख्य नेपालीहरु मार्फत् नेपालभरि जागरणको सन्देश प्रवाह गर्यो। २०२८ सालमा आफ्नो बासमा मात्र होइन, प्रवासमा पनि जागरण अभियान चलाउनु पर्छ भनेर रेलिमैको सांस्कृतिक अभियान भारत प्रवासमा पनि गएको उनको इतिहास अध्ययन गरेका अग्रज पत्रकार अर्जुन ज्ञवाली बताउँछन् ।
‘अभियानले दुई महिनासम्म भारतका गोरखपुर, वनारस, गुहाटी, तेजपुर, सिलाङ्, दार्जिलिङ् खर्साङ् आदि नेपालीहरुको बाहुल्य हुने ठाउँमा जबर्जस्त जागरण अभियान चलायो । अभियानमा ‘पचास रुपैयाँको तम्सुक’ नाटकले निकै राम्रो प्रभाव पार्यो । त्यसमा बुद्धि बहादुरको अभिनय निकै ‘हिट’ भयो । त्यस्तै प्रगतिशील गीत संगीत नृत्य तथा प्रहसनहरुले घर छोडेर विरानु देशमा बसेका नेपालीको मनमा हिम्मत जगाइदियो, साहस भरिदियो र आफ्नो भविष्य आफ्नै देशमा खोज्नु पर्छ भन्ने दिशाबोध गरिदियो’ उनले लेखेका छन् ।

जेल जीवन र अन्तिम समय
२०३१ सालमा बुद्धि बहादुर थकालीलाई पंचायती शासकले पक्राउ गरेर पाल्पा जेलमा हालियो । जेलमा उनले आफ्नो सांस्कृतिक अभियानलाई जारी राखे । उनको स्वास्थ्य गिर्दै गयो र २०३४ साल श्रावण १० मा उनको निधन भयो ।
यसरी बुद्धि बहादुर थकाली बुटवलको सामाजिक, राजनीतिक, र सांस्कृतिक विकासमा अग्रणी व्यक्तित्व भूमिका बहन गरेको उनको इतिहासबारे अध्ययन गरेका अग्रज पत्रकार अर्जुन ज्ञवाली बताउँछन् । थकालीले उनले बुटवलमा शिक्षा, संस्कृति, र राजनीतिक क्षेत्रमा ठूलो योगदान दिएको जीवन यात्रा र कार्यहरु बुटवलको इतिहासमा सदैव सम्झन योग्य रहेको र बुटवललाई नयाँ उचाइमा पुर्याउन र यसलाई एउटा समृद्ध सहर बनाउन महत्वपूर्ण भूमिका खेलेको ज्ञवालीको भनाई छ ।
‘म २०२४ सालदेखि २०३२ सालसम्म बुटवलमा लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक थिएँ । त्यसो भएर पनि म २०२४ सालदेखि २०३२ सालसम्मको बुद्धि बहादुर थकाली र रेलिमै सांस्कृतिक मण्डलको बारेमा प्रत्यक्षदेखि जान्ने साक्षी हुँ । दोस्रो, तेस्रो कुन कालखण्ड हो बिर्से, त्यसमा रेलिमैको एउटा खण्डको निर्वाचनमा म निर्वाचन अधिकृत थिएँ’ ज्ञवालीले भने–‘यो विषय जान्न मोदनाथ प्रश्रितको लेख, गोविन्द आत्रेयको यायावरीय अनुभूति, स्वाधीन साप्ताहिकको सम्पादकीय र दुई अन्य लेख, प्राचार्य घनश्याम पाठकको प्रतिवेदन, इतिहास तथा राजनीतिज्ञ नेत्रप्रसाद पन्थी, मदन पौडेल, देवेन्द्र घिमिरे, कृष्ण ज्ञवाली (वुटवल उपमहानगरपालिकाका पूर्व प्रशासकीय अधिकृत) तथा सीता थकाली मल्ल (बुद्धि बहादुर थकालीकी छोरी)सँग अन्तरसंवाद गरेको छु । ’
सामाजिक क्षेत्रमा पनि जोडिएका थिए बुद्धिबहादुर
ज्ञवालीका अनुसार सांस्कृतिक योद्धा तथा साामाजिक अभिन्यता बुद्धि बहादुर थकाली व्यक्तिगत रुपमा पनि दीनहीन, गरीब, असहाय, अनाथहरुलाई सहयोग गर्ने र मठमन्दिरमा दान दातव्य दिने मनकारी मान्छे हुन् । यिनले बुटवलको कालिकानगरमा शिवालय मन्दिरका लागि जग्गा दान गरेका थिए । जहाँ अहिले शिवालय मन्दिर छ । त्यहाँ जाने बाटो पनि खोले ।
त्यसको नाम बुद्धि मार्ग राखियो । पछि त्यसलाई काटेर बुद्ध मार्ग बनाइयो । यस सम्बन्धमा उनकी छोरी सीताले यसको स्मरण गरेकी छन् । ‘बुबाले शिवालय मन्दिर बनाउन जग्गा दिनु भएको हो र त्यहाँ जान बाटो पनि बनाउनु भएको हो । त्यसको नाउ बुद्धिमार्ग लेखिएको थियो । पछि जाँदा बुद्धिमार्ग काटेर बुद्धमार्ग लेखेका रहेछन् । कान्छी आमा सोझी । आपत्ति गर्न सक्नु भएनछ । ’
उनीबारे जानकारहरुले यो अन्याय भएको बताएका छन् । बुटवल अहिले शालिकै शालिकको शहर भएको छ । तर, यहाँ यिनको शालिक छैन । शालिकहरुको नामावली हेर्दै जाँदा जसलाई पनि बुद्धिबहादुर थकालीको शालिक छुटेको विषय पनि उनीहरुले उठाएका छन् ।

Leave a Reply