अनेरास्ववियुका विशाल रोकाहालाई समर्थन गर्दै नेपाल कमर्स क्याम्पसका कार्कीले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष उम्मेदवार बनेका कुशल कार्कीले अनेरास्ववियुका विशाल रोकाहालाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनमा सहभागी उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिने अन्तिम दिन थियो । यसअघि अनेरास्ववियु सदस्य समेत रहेका कार्कीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

उनले बिहीबार निर्वाचन समिति समक्ष उम्मेदवारी फिर्ता लिँदै एमालेनिकट अनेरास्ववियुका अध्यक्ष उम्मेदवार रोकाहालाई समर्थन जनाएका हुन् ।

नेपाल कमर्स क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा विशाल रोकाहा,सचिव मिन ओझा र कोषाध्यक्ष सौगात पुरीको प्यानल चुनावी मैदानमा छ ।

Comments

2 responses to “अनेरास्ववियुका विशाल रोकाहालाई समर्थन गर्दै नेपाल कमर्स क्याम्पसका कार्कीले लिए उम्मेदवारी फिर्ता”

  1. ksp pyl Avatar
    ksp pyl

    राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *