डोरीले बाटो छेके हामीलाई भन्नुहोला : प्रहरी

काठमाडौं । होली पर्वको बहानामा विभिन्न स्थानमा डोरी तेर्साएर रकम माग गर्ने समूह फेला परे प्रहरीलाई खबर गर्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले सार्वजनिक बाटोमा हुने कुनै पनि अवरोध पन्छाउन प्रहरी तयार रहेको बताए । ‘डोरीले बाटो छेकेर कसैले पैसा मागेको छ भने प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरे हुन्छ, हामी आवश्यक कानुनी कारबाही गर्ने छौँ’, उनले भने ।

त्यसरी बाटो छेकेर पैसा उठाउने क्रममा सुरक्षा समस्या पनि हुने कारण प्रहरीले भेटेसम्म नियन्त्रणमा लिएको उनले बताए । तर, सहरका भित्री सडक र गल्लीमा हुने त्यस प्रकारको गतिविधिबारे प्रहरीलाई सूचना नहुँदा अप्रिय घटना हुने गरेको बोहराले बताए ।

Comments

One response to “डोरीले बाटो छेके हामीलाई भन्नुहोला : प्रहरी”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    प्रहरी मार्क्सबादीहरूको राजनितीक हतियार हो? हाम्रो धर्मकर्म परम्परा नमान भन्ने प्रहरीको हैसियत के हो? परम्परा मान्दा प्रहरी आयो भने प्रहरीलाइ भाटे कारबाही गर्नुपर्छ। राती खेल्ने देउसी भैलो पनि राती नखेल, होलीमा पानि नछ्याप रंग नहाल भन्दै मार्क्सबादी पुलिसिंग गर्छ यो मार्क्सबादी प्रहरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *