दहबगर स्वास्थ्य चौकीमा कार्यरत धामीको निधन, बुंगल नगरपालिकामा शोक विदा

बझाङ । बझाङ बुंगल नगरपालिका–१ अन्तर्गत दहबगर स्वास्थ्य चौकीका वीर बहादुर धामीको निधन भएको छ। लामो समयदेखि स्वास्थ्य सेवामा योगदान दिँदै आएका धामीको क्यान्सर रोगका कारण बुधवार बिहान निधन भएको हो।

वि.सं. २०५२ सालमा स्थायी नियुक्ति पाएर सुर्मा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा दिन सुरू गरेका धामीले २०५४ सालदेखि दहबगर स्वास्थ्य चौकीमा सेवा दिएका थिए ।

२०७४ सालदेखि धामीले बुंगल नगरपालिकाको स्वास्थ्य शाखा संयोजकको रूपमा कार्यभार सम्हालेका थिए । पुनः २०७६ सालदेखि २०८१ साल मंसिरसम्म दहबगर स्वास्थ्य चौकीको इन्चार्जको रूपमा कार्यरत रहेका थिए ।

धामी हाल गोदावरी नगरपालिका-२, अत्तरियामा बस्दै आएका थिए । उनको लामो समयदेखिको क्यान्सर रोगका कारण निधन भएपछि बुंगल नगरपालिकाले चैत्र १ गते नगरपालिका मातहतका सबै कार्यालय तथा स्वास्थ्य चौकीहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।

उनको योगदानलाई सम्झँदै, स्थानीयवासी तथा स्वास्थ्यकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *