समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने (भिडिओ)

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्न लागिएको उनले बताए । त्यसअघि चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए ।

उनले देशलाई प्रतिगमनतर्फ लैजाने हरकत सह्य नहुने निष्कर्ष निकालिएको जानकारी दिए ।

प्रवक्ता प्रकाण्डले देशलाई अशान्तितर्फ ढकेल्ने घटनालाई प्रतिकार गर्न आमजनतामा अपिल गरिने बताए ।

Comments

2 responses to “समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    किन प्रदर्शन ? जनता बटुल्ने नाममा चन्दा उठाएको रकम झ्याप पार्न होला।

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    मार्क्सबादी अधिनायकबादी लाइ चाही खेद्न पर्छ। मार्क्सको लगौटीका जुम्राहरू नेपाली जनतालाइ चुस्न पल्केका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *