काठमाडौं । ‘कर्मा’मा नायक विपीन कार्कीको अपोजिटमा रहेकी नायिका उपासना सिंह ठकुरीको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। दर्शकको कौतुहलता मेटाउँदै निर्माणपक्षले मंगलबार उपासनाको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।
सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा केही फरक उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् । पोस्टरमा उपासनाको क्यारेक्टर लुक्सबाहेक अन्य खासै केही देखाइएको छैन ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुम । दाङ र काठमाडौंमा छायांकन गरिएको ‘कर्मा’ यहीँ चैत २९ गतेबाट रिलिज हुँदैछ । नेपालसङै विदेशमा पनि यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।
‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । चलचित्रले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

Leave a Reply