महिला नेतृत्व सम्मेलन चैत्र ३ गते काठमाडौंमा हुने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय स्तरको दोस्रो वमन लिडरसिप समिट २०८१ चैत्र ३ गते काठमाडौंमा आयोजना गर्न गर्ने भएको छ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । सम्मेलनमा प्रविधि, इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन र बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रुपमा छलफल हुनेछ ।

मङ्गलवार परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने बताए । नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने छ ।
सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरुसहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन् ।
सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *