गगन थापा बोल्दा बोल्दै एमाले सांसद उर्मिला थेबेको कुर्सी भाँचिएपछि…

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले बोलिरहँदा नेकपा एमालेकी सांसद उर्मिला थेबे बसिरहेको कुर्सी भाँचिएको छ ।

कुर्सी भाँचिएर सांसद थेबे लडेपछि सबै सांसद पछाडि फर्किएपछि थापाले केही क्षण भाषण रोकेका थिए । सभामुखले समेत चासो राखेपछि उनलाई बाहिर लगिएको थियो ।

कुर्सी भाँचिए पनि सांसद थेबेलाई चोटपटक नलागेको एमालेकी सचेतक सुनिता बरालले नेपाल प्रेसलाई बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *