प्रचण्डले भनेः सरकारको अविवेकले व्यवस्थाप्रति जनताको मोहभंग भयो, ८ महिनाअघि यस्तो असन्तोष थिएन (भिडिओ)

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको अविवेक र अर्कर्मन्यताका कारण जनतामा व्यवस्थाप्रति नै मोहभंग हुन थालेको बताएका छन् ।

संसद बैठकमा आज सम्बाेधन गर्दै उनले लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

प्रचण्डले भने, ‘सारा उपलब्धीलाई उल्टाउने कोशिष हुँदैछ । अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ । सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ । ८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन । माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो । अहिले सबैतिर आन्दोलन छ ।’

Comments

One response to “प्रचण्डले भनेः सरकारको अविवेकले व्यवस्थाप्रति जनताको मोहभंग भयो, ८ महिनाअघि यस्तो असन्तोष थिएन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    महिनैपिच्छे मन्त्री फेर्ने, तीन-तीन महिनामा विश्वासको मत लिने नाटक गर्ने, ६-६ महिनामा गठबन्धनको पर्टनर फेर्ने, पार्टी पूरै सुन तस्करीमा लाग्ने र देशलाई अस्थिर, असान्त र विदेशीको क्रिडास्थल बनाउने प्रचण्डजस्ताले गर्दा हो राजावादीले टाउको उठाउन दाउ हेरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *