काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
महासंघले आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर धर्ना दिएको हो । फागुन २४ गते पहिलो चरणको आन्दोलन पूरा गरेको महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो ।
सोही घोषित आन्दोलनको दोश्रोचरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बसेको महासंघकी अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले बताइन् । आन्दोलन अन्तर्गत आजदेखि ५ चैतसम्म प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने उनले बताइन् ।
सोही अनुसार आज नेपाली कांग्रेसको मुख्यालयमा धर्ना दिइएको हो ।

Leave a Reply