राष्ट्रियसभा अध्यक्षद्वारा ४ विधेयक प्रमाणित, भोलि राष्ट्रपतिकहाँ पठाइने

काठमाडौं । राष्ट्रियसभामा उत्पत्ति भएका ४ वटा विधेयक राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणित गरेका छन् ।
अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणीकरणका लागि मंगलबार राष्ट्रपतिकहाँ पठाइनेछ ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिसकेपछि ऐनका रुपमा लागू हुन्छ ।

प्रमाणित गरिएका विधेयकहरू

१) सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०
२) विद्युतीय व्यापार विधेयक, २०८०
३) विधायनसम्बन्धी विधेयक, २०८०
४) भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *