काठमाडौं । चार देशीय महिला टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युगाण्डाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा घरेलु टोलीविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।
पहिलो खेलमा नेपालले नामिबियासँग ६ विकेटले पराजित भएको थियो । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् ।

Leave a Reply