हेटौँडा । जर्मनको बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अप्रत्याशित हार बेहोरेको छ ।
शनिवार राती सम्पन्न खेलमा तालिकाको पहिलो स्थानको बायर्नले रेलिगेसनमा रहेको भिएफल बोचुसँग ३(२ को आश्चर्यजनक हार बेहोर्नु परेको हो ।
घरेलु मैदानमा बायर्नले राफेल गुरेरोको लगातारको दुई गोल मार्फत सहज जित तर्फ अघि बढेको थियो । तर ३१ औँ मिनेटमा जाको मेडिकले भली प्रहार गर्दै जाली चुमाइदिएपछि रेलिगेसन बाट जोगिन संघर्षरत बोचुम खेलमा फर्कियो ।
खेलको ४० औँ मिनेटमा जब बायर्न १० खेलाडीमा सीमित भयो तब बोचुम खेलमा फर्कियो । जोआओ पाल्हिन्हाले जियोर्गोस मासोरासलाई खतरनाक ट्याकलको लागि सिधै रातो कार्ड देखाए।
त्यसयता ५१ औँ मिनेटमा सिसाको र ७१ औँ मिनेटमा बेरोले गोल गरेपछि खेल बोचुमले जित्यो र बायर्न सङ्ग महत्त्वपूर्ण तीन अंक खोस्न सफल बन्यो ।
जितपछि बोचुम रेलिगेसन जोनबाट एक स्थान माथि अर्थात् रेलिगेसन प्लेअपमा पुगेको छ । उसले २५ खेलबाट २० अङ्ग जोडेको छ ।
हारको बाबजुद पनि बायर्न ६१ अङ्क सहित पहिलो स्थानमा यथावत् छ ।

Leave a Reply