इपीएल : लिभरपुलको सहज जित

हेटौंडा । इङ्लिस प्रिमियर लिग (इपीएल)को लिग लिडर लिभरपुल उपाधि अभियानमा थप एक कदम अघि बढेको छ । शनिवार रातिको खेलमा यो सिजनको अन्तिम स्थानमा रहेको साउथह्याम्पटनलाई ३-१ गोलअन्तरले पराजित गर्दै लिभरपुले पहिलो स्थानलाई थप बलियो बनायो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा अप्रत्याशित रूपमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै लिभरपुलले ३-१ को जित निकालेको हो ।

लिभरपुलको जितमा यो सिजनका सर्वाधिक गोलकर्ता महोमद सलाहले दुई तथा नुनेजले एक गोल गरे । साउथह्याम्पन्टनको तर्फबाट विल स्मल्बोनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता पहिलो हाफको अतिरिक्त समयमा साउथह्याम्पन्टनका स्मल्बोनले गरेका थिए । घरेलु मैदानमा पहिलो गोल खाएको लिभरपुलले दोस्रो हाफको ५१ औँ मिनेटमा नुनेजको गोल मार्फत बराबरी गरेको थियो । त्यसको लगतै पेनाल्टी मार्फत सलाहले ५४ औँ मिनेटमा गोल गरेपछि लिभरपुल २-१ ले अगाडी बढेको थियो । सलाहले पुनः ८८ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सहज जित दिलाए ।

जितपछि लिभरपुलको २९ खेलबाट ७० अङ्क पुगेको छ । लिभरपुल दोस्रो स्थानको आर्सनल भन्दा १६ अङ्कले अघि छ । तर आर्सनलले २७ वटा मात्र खेल खेलेको छ ।

शनिवार नै भएको अन्य खेलहरुमा क्रिष्टल प्यालेसले इस्विच टाउनलाई १-० गोलले पराजित गरेको छ भने ब्राइटनले फुलहमलाई २-१ ले हराएको छ । शनिबारनै भएको पहिलो खेलमा नटिङ्घम सिटीले म्यान्चेस्टर सिटीलाई १-० ले पराजित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *