भानुभक्त ढकालको दाबी- देउवा र ओली एक भएपछि अरुले भन्दैमा सरकार ढल्दैन

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमनन्त्री केपी ओलीको समझदारी भएसम्म अरुले बोल्दैमा सरकार नढल्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता ढकालले सरकार दुईपटक ढल्ने बताए ।

उनले भने, ‘एक पटक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्छ ।’

नेता ढकालले सरकारले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागेको बताए ।

उनले विधेयकमा भएका कमजोरी सच्याउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘बलियो सरकार भएकै बेला सच्याउँ र कार्यान्वयनमा ल्याउँ, बलियो सरकार भएकै बेला काम गर्न सकिएन भने पछि गर्न सकिँदैन’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *