रौतहटमा नक्कली प्रहरी पक्राउ

जनकपुरधाम । ‘घुमुवा प्रहरी हुँ’ भनेर डरत्रास देखाएर रकम असुली गर्दै हिँडेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटकै गरुडा नगरपालिका- ८ बिर्ताका ४४ वर्षीय शेख सदरे आलम छन् । उनलाई शुक्रबार प्रहरी चौकी विर्ताले पक्राउ गरेर कारबाही अगाडी बढाएको छ ।

प्रहरीका अनुसार आलमले जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरुको मलखाद रोकी विभिन्न डरत्रास देखाई पैसा असुल्ने गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *