जैविक दर्शनका व्याख्याता तिम्सिना भन्छन्- अब मानव होइन जैविक अधिकारको कुरा गर्नुपर्छ

काठमाडौं । जैविक दर्शनको पक्षमा सक्रिय मोहन तिम्सिनाले अबको युग मानव अधिकारको युग नभएर जैविक अधिकारको युग भएको बताएका छन् ।

आज मार्टिन चौतारीमा आयोजना गरिएको प्रवचनमा बोल्दै तिम्सिनाले भने, ‘जसरी मान्छेको अधिकार हुन्छ । त्यस्तै खोलाको पनि हुनुपर्छ । अरु प्राणीको पनि हुनुपर्छ ।’

पृथ्वीको अबको बाटो जैविक दर्शन हुनुपर्ने भन्दै तिम्सिनाले थपे, ‘मान्छे उत्कृष्ट प्राणी होइन । विशिष्ट प्राणी हो ।’

कुकुरको सुँघ्ने क्षमता र गिद्धको हेर्ने क्षमता मान्छेभन्दा धेरै हुने भन्दै तिम्सिनाले मान्छे उत्कृष्ट प्राणी भनेर प्रकृति र अरु जैविक विविधतामा दोहोनको इजाजत जस्तै भएको बताए ।

गत वर्ष इटालीमा भएको विश्व दर्शन सम्मेलनमा पनि आफ्नो दर्शनलाई उपस्थित गराएका तिम्सिनाले अबको दर्शन जैविक दर्शन भएको बताए । उनको प्रस्तुतीमा नेतृ उषाकिरण तिम्सिनाले टिप्पणी गरेकि थिइन् ।

उनको टिप्पणीमा जैविक दर्शन पनि आफूले विश्वास गर्ने भौतिकवाद जस्तै आफूले बुझेको बताइन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *