काठमाडौं । अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमालेनिकट अनेरास्ववियुले रुद्रहरी पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।
चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि संगठन दर्ताको काम सकिएपछि उम्मेदवार छनौट धमाधम भइरहेको छ । अनेरास्ववियुले हालका स्ववियु सचिव रुद्रहरी पोखरेललाई उम्मेदवार बनाउन लागेको हो ।
दुई वर्षअघिको निर्वाचनमा अखिलका सभापति उम्मेदवार पराजित हुँदा पोखरेल सर्वाधिक मतका साथ सचिव निर्वाचित भएका लोकप्रिय विद्यार्थी नेता हुन् ।
उनी निवर्तमान क्याम्पस कमिटी अध्यक्ष र हाल अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य समेत रहेका छ्न। यसअघि अनेरास्ववियुले आरआर,त्रिवि केन्द्रीय क्याम्पस लगायतका सभापति उम्मेदवार तय गरिसकेको छ ।

Leave a Reply