प्रदेशसभामा विशेष सम्बोधनका लागि सुर्खेत आउँदै प्रम ओली, अन्य ३ कार्यक्रम तय

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउँदैछन्। प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको  । दिउँसाे २ बजे बस्ने प्रदेशसभा बैठकमा उनको सम्बोधन हुनेछ ।

त्यसअघि उनी मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् । बिहान ११:३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्रीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको भवन उद्घाटन गर्नेछन्।

अपराह्न ४ बजे प्रधानमन्त्री ओलीले कर्णाली रंगशालाको अवलोकन गर्नेछन्। खेलकुद पूर्वाधारको अवस्था बुझ्दै सम्भावित विकास योजनाबारे छलफल हुनसक्छ।

प्रधानमन्त्रीको यो भ्रमणले कर्णाली प्रदेशको समग्र विकासमा संघीय सरकारको ध्यान कत्तिको जानेछ भन्ने प्रश्न उठिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *