विपक्षी दललाई कांग्रेसको कटाक्ष- सबै कुलमानको पक्षमा उभिएको देख्दा लाज लाग्यो, बरु साझा अध्यक्ष बनाए हुन्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा सबै विपक्ष दलहरू उभिएको देख्दा आफूलाई लाज लागेको टिप्पणी गरेका छन्।

हिजोको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी, रास्वपा, राप्रपासहित विपक्षी दलहरूले कुलमानलाई हटाएर स्वीकार्य नहुने भन्दै सरकारलाई चेतावनी दिएका थिए।

कुलमानको विषयमा हिजो सबै विपक्षी दलहरू उभिएकोबारे आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै घिमिरेले भने, ‘एउटा कर्मचारीको विषयलाई दलीयकरण गरेर, हिजो संसद्को सबै प्रतिपक्षहरू उठेर एउटा कर्मचारीको पक्षमा उभिएको देख्दा मलाई लाज पनि लाग्यो। यहाँ हिजो प्रधानमन्त्री, मन्त्री भएकाहरू पनि हुनुहुन्छ, एक जना कर्मचारीको लागि, दलीयकरण गरेर लज्जास्पद र जग हँसाउने काम संसद्को प्रतिपक्ष बेच्चबाट उभिएर गर्ने काम नगरौँ।’

उनले विपक्षी दलहरूको तर्फबाट कुलमानलाई अध्यक्ष बनाउन भन्दै कटाक्ष पनि गरे।

उनले थपे, ‘उहाँको देवत्वकरण पनि नगरौँ, केही राम्रा पक्ष पनि होलान्। तर नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको छैन। यो कुरा क्लियर होस्। तर देवत्वकरण गरेर उहाँलाई टाउकामा बोक्दै हिँड्ने हो भने म प्रतिपक्ष दलसँग आग्रह गर्छु, सबै प्रतिपक्षी दलहरूको अध्यक्ष उहाँलाई नै बनाइदिऊँ, ढुक्क हुन्छ त्यति भएपछि।’ ‘

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *