स्वास्थ्य सचिवमा देवकोटा र प्रशासनतर्फ भुजेल बढुवा

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई बढुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिस भएका अतिरिक्त सचिव देवकोटालाई मन्त्रालयको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा.टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

यस्तै प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव मदन भुजेल सचिवमा बढुवा भएका छन् । केहि दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले भुजेललाई दोस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव बिरेन्द्र यादव र तेस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेललाई बढुवाका लागि सिफारिस गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *