भीपीएन प्रयोग गरे मोबाइल बैंकिङ नचल्ने

काठमाडौं । अब भीपीएन प्रयोग गरे मोबाइल बैंकिङ नचल्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप गरि यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंक अन्तर्गतको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितका अनुसार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन/परिमार्जन/थप गरिएको छ । जसमा अब भीपीएन प्रयोग गरे मोबाइल बैंकिङ नचल्ने बनाइएको छ ।

ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे÷नगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *