काठमाडौं । नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहका सईहरु वरिष्ठ सईमा बढुवा भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयद्वारा प्रकाशित सिफारिस सूचीअनुसार प्रहरी अस्पतालको नर्सिङ समूहका तीन, स्वास्थ्य उपसमूहका एक, इन्जिनियरिङ/सञ्चारतर्फ २१, कम्प्युटर/सूचना प्रविधितर्फ दुई र केनाइन उपसमूहका एकको बढुवा भएको छ ।
प्रहरीको प्राविधिक समूहमा राजपत्र अनङ्कित, तृतीय श्रेणीको अधिकृततर्फ सीधै सई दर्जामा भर्ना हुने व्यवस्था छ । अहिले बढुवा सिफारिस भएका अधिकृत प्रायः सई दर्जामा भर्ना भएका हुन् ।


Leave a Reply