आर्थिक कार्यविधिसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश स्वीकृत गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखेका थिए।

सांसद स्वर्णिम वाग्लेले उक्त अध्यादेशले अस्वीकृत गर्ने प्रस्ताव राखेका थिए। उनले अस्वीकृत गर्ने प्रस्ताव राखेपनि सत्ता पक्षको बहुमत भएकोले प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएको हो ।

सरकारले ल्याएको अध्यादेश पास गर्ने क्षमता सरकारसँग रहेको अर्थमन्त्रीको भनाई थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेशको प्रस्तावलाई बहुमतले स्वीकृत गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *