गच्छदारसहितलाई सफाइ दिने विशेषकाे फैसलाविरूद्ध अख्तियार सर्वाेच्चमा, ११० जना प्रतिवादी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

आयोगले मंगलबार उक्त प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्च अदालतमा पुरनावेदन गरेको हो ।

जसमा गच्छादारलाई ९ कराेड ६५ लाख बिगाे दाबी गरिएकाे छ ।

आयोगले कलाधर देउजासहित ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्चमा पुनरावेदन गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार जग्गा जफत गर्ने प्रयोजनका ६५ जना आरोपीलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

आयोगले २०७६ माघ २२ मा ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव सहित ११० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा विशेष अदालतले एक वर्ष अघि २०८० फागुनमा फैसला गर्दै केहीलाई सफाइ तथा केहीलाई आंशिक सफाइ दिएपछि उक्त फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *