काठमाडौं । कारखानाबाट १२० थान खुकुरी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ, धुनिबेसी नगरपालिका– ५ घर भई हाल ललितपुरको सानेपा बस्ने २७ वर्षीय राज कुमार तामाङ, रौतहट, रघुनाथपुर नगर।पालिका– ९ घर भई हाल सानेपा बस्ने३३ वर्षीय शेख जफ्रे आलम र सोही जिल्लाका २३ वर्षीय लाल मोहमद देवान रहेका छन् ।
उनीहरुले शुक्रबार बेलुकी ४ बजे काठमाडौंको नागार्जुन नगरपालिका वडा नं। ४ सीतापाइला स्थित भेष बहादुर कामीले संचालन गरेको खुकुरी कारखानाबाट १२० थान खुकुरी चोरी गरेका थिए ।
अनुसन्धानको क्रममा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आज काठमाडौंको रामघाट पुलस्थित उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेको थियो । सोही क्रममा सोधपुछ गर्दा उनीहरुले उक्त कारखानाबाट चोरी गरेको खुकुरी सानेपास्थित कोठामा लुकाई छिपाई राखेको भन्ने खुल्न आएको थियो ।
कोठामा खानतलासी गर्दा ४५ थान खुकुरीलगायत सामानहरुसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट फलामको खुकुरी ४५ थान, ३ थान साइकल, फलामको हथौडा १ थान, इलेक्ट्रिक तराजु १ थान, फालको रड १ थान, लिभर १ थान, र नगद ३ हजार ९ सय बरामद भएको थियो । पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply