नेपाल आएर बुफनले भने- मेरो सपना पूरा भएको छ (भिडिओ)

काठमाडौं । नेपाल भ्रमणमा आएका इटालीयन फुटबलर जियानलुइजी बुफनले आफ्नो सपना पूरा भएको बताएका छन् । नेपालको नक्सा र झण्डाबाट आफू सानैदेखि आकर्षित हुँदै आएको उनको भनाइ छ ।

केपी ओली कपको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका बुफनको यो पहिलो नेपाल भ्रमण हो । उनले त्रिभुवन विमानस्थलमा ओर्लेपश्चात पत्रकारसँग संक्षिप्त अन्तरक्रिया गर्दै नेपाल र नेपालीको प्रशंसा गरे ।

बुफनले भने, ‘म सानो छँदा विश्वको नक्सा हेर्थेँ । नेपाल र यसको झण्डाले मलाई आकर्षित गर्थ्यो । यो एकदमै मौलिक छ । म नेपाल भ्रमण गर्त आतुर थियो । मेरो लागि यो एउटा सपना पूरा भएको क्षण हो, जसलाई कहिल्यै बिर्सिन सक्ने छैन । मलाई बोलाएकोमा आयोजकलाई धन्यवाद ।’

केपी ओली कपको विजेता को बन्छ भनेर हेर्न आफू उत्साहित रहेको उनले बताए ।

बुफनलाई एक पत्रकारले रोनाल्डो र मेस्सीमा को मन पर्छ भनेर पनि सोध्न भ्याएका थिए । बुफनले जवाफ दिन चाहेनन् ।

उनले भने, ‘मेस्सी, रोनाल्डो, म्याराडोना, पेले को उत्कृष्ट हुन् भनेर तुलना गर्नु सही हुँदैन । उनीहरू सबै गज्जबका खेलाडी हुन् । उनीहरूले फुटबलमा ठूलो कथा लेखेका छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *