गैँडाको आक्रमणबाट एक घाइते

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी मरुङगेमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

आज दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैँडाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

उपचारका लागि उनलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *