रिङ्कु सदाको परिवार भेटेलगत्तै प्रचण्डले गरे सिडिओ र सुरक्षा प्रमुखसँग छलफल

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शङ्कास्पद मृत्यु तथा घटनाको अनुसन्धान प्रक्रियाबारे जानकारी लिएका छन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उनले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन्।

अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग आजै भेट गरेको उल्लेख गर्दै परिवारले हत्या नै भएको आशंकाले गरेका संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे।

बलात्कारपछि पञ्चायतले मिलापत्र गराउन खोजेकाले बलात्कार भएको देखिए पनि हत्या वा आत्महत्या के हो यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्को एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए।

जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरूले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दबाब नरहेको जानकारी गराएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *