काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले सरकारले ल्याएको अध्यादेश अलपत्र नपरेको दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संविधान अनुसार सरकारले ल्याएको अध्यादेशलाई गलत भन्न नमिल्ने बताए ।
उनले भने, ‘अहिले अध्यादेश अलपत्र पर्यो भनेर भ्रम फैलाइएको छ । अध्यादेश कुनै अलपत्र अवस्थामा छैन । अब छिट्टै संसद्मा पेश भएर पारित हुन्छ । सत्तारुढ राजनीतिक दलभित्र अध्यादेशको सन्दर्भमा कुनै पनि मतभेद छैन । ती दलहरू एकमत छ ।’
उनले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठकबाट अध्यादेश पारित गर्ने पक्षमा निर्णय गर्ने दाबी गरे ।

Leave a Reply