काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु सभापतिको उम्मेदवार संगमकुमार लामा बनेका छन् । अखिल क्रान्तिकारीले लामालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार लामा आरआर क्याम्पस कमिटीका अहिलेका अध्यक्ष पनि हुन् । स्नातकोत्तर तहमा अध्यनरत लामालाई स्ववियु सभापति बनाउने टुंगो लागे पनि अरु पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय टुंगोमा नपुगिसकेको र जतिसक्दो चाडैँ अरु उम्मेदवार पनि टुंग्याइने अध्यक्ष सापकोटाले बताए ।
त्रिभुवन विश्वविद्यालयले अगामी चैत ५ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तय गरेको छ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गरिसकेको छ ।

Leave a Reply