काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।
बिहीबारको सुनकाे मूल्य १लाख ७० हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।

Leave a Reply