तास खेल्न लिएकाे सापटी रकमकाे विवादमा साथीकाे हत्या, ३ युवक पक्राउ

जनकपुरधाम । तास खेल्न रकम सापटी लिएको विषयमा विवादपछि आफ्नै साथीको हत्या गरेका तीन किशोरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अभियुक्त वीरगन्ज महानगरपालिका २७ उदयपुरका मुकेश प्रसाद यादव, सोही ठाउँका अरुण कुमार यादव र मुना तिवारी छन् । उनी तीनैजना १९ वर्षकै छन् ।

फाल्गुन ११ गते साँझ वीरगञ्ज २८ स्थित जगरनाथपुर ढाठ भन्दा करिव ५०० मिटर पश्चिम भेडैया खोलामा वडा नम्बर २७ का जोगिन्द्र प्रसाद कुर्मीको १९ वर्षीय छोरा इशाल प्रसाद कुर्मीको शव खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानको क्रममा कुर्मीको हत्या भएको र घटनामा उनको साथीहरुकै संलग्नता देखिएपछि तीनै जनालाई पक्राउ गरेको पर्साका एसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका तीनै जनामाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान तथा कारबाही अगाडी बढाएको बताए ।

उनका अनुसार कुर्मी र उनका छिमेकी साथीहरु तास खेल्न गएका थिए ‌। पैसाको विषयमा बिबादपछि मुकेश, अरुण र मुना मिलेर कुर्मीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *