पाथीभरा केबलकार निर्माणमा देखिएको समस्याबारे गृहमन्त्रीले थाले कोशीका सांसदहरुसँग छलफल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा विवादको बिषयमा कोशी प्रदेशका संघीय सांसदहरुसँग छलफल गरिरहेका छन्।

गृहमन्त्रालयमा अहिले छलफल जारी छ। बैठकमा कोशी प्रदेशबाट निर्वाचित संघीय सांसदहरु सहभागी छन्। पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गृहमन्त्रीले बैठक राखेका हुन्।

केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विवादले उग्र रुपमा लिएपछि अहिले स्थगित भएको छ। पटक पटक वार्ता गरेपनि अहिलेसम्म निकास भेटिएको छैन्।

यसअघि पनि गृहमन्त्रीले कोशीका चार जिल्लाका सांसदहरुसँग छलफल गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *