हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपीएल) मा यो सिजन उपाधि जित्ने अभियानमा लिभरपुल थप एक कदम अघि बढेको छ ।
प्रिमियर लिगको २८ औँ खेलमा न्युक्यासल युनाईटेडलाई २-० ले पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दुरी १३ अङ्कले बढाएको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डोमेनिक स्चोबोस्ज र म्याक एलिस्टरले समान एक-एक गोल गरे ।
यो सिजन गजबको प्रदर्शन गरिरहेको लिभरपुलले २८ खेल खेल्दा २० जित ७ बराबरी सहित ६७ अङ्क बनाएर उपाधिमा एकल दाबेदारी पेश गरिरहेको छ । पराजित न्युक्यासलको भने २७ खेलबाट ४४ अङ्क सहित छैटौं स्थानमा छ ।

Leave a Reply